१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । टी२० विश्वकपमा रोहित शर्मा र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा भारतले तेस्रो खेलमा अफगानिस्तानलाई २११ रनको विशाल लक्ष्य दिएको छ।

आबूधाबीको शेख जायद स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको हो।

भारतका लागि ओपनिङमा आएका रोहितले सर्वाधिक ७४ रन बनाए। उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्

LIVE TV