१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आईसीसी महिला टी–२० विश्वकपको एशिया छनोटको पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ ।

यूएईमा आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खल्नेछ । त्यस्तै नेपालले दोस्रो खेल भूटानविरुद्ध २३ तारिखमा खेल्ने तालिका रहेको छ ।

त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा हुनेछ । नेपालले आफ्नो चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्नेछ ।

छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले रुविना क्षेत्रीको कप्तानीमा खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ ।

खेलाडीहरुमा रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई ९वैकल्पिकमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV