१७ कार्तिक २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यले पदबाट राजीनामा दिएका छन् । २०७४ साल फागुन २५ गते मुख्य न्यायाधिवक्तामा नियुक्त भएका आचार्यले प्रदेशका मुख्यमन्त्री राजेन्द राइमार्फत् राजीनामा दिएका प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष मुख्य न्यायाधिवक्ता आचार्यले मुख्यमन्त्री राईमार्फत् संविधानको धारा १६० को उपधारा ४ को खण्ड ‘क’ बमोजिम मिति २०७८/७/१७ गतेदेखि लागू हुने गरी प्रदेश १ को मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिएका प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV