१७ कार्तिक २०७८, बुधबार

एजेन्सी । बंगलादेशको नौगाउँ जिल्लाको पोर्शा उपजिल्लाका दुई गाउँमा सोमबार राति हिन्दू मन्दिरमा रहेका देवताको मूर्तिमा तोडफोड गरिएको छ ।

यो खबर पाएपछि मंगलबार बिहान उपजिल्लाका अधिकृत मोहम्मद नजमुल हमिद रजा घटनास्थल पुगेका थिए ।

मोहम्मद नजमुल हमिद रजाले बीबीसी बंगाली सेवालाई भने कि यस मामिलामा कोको संलग्नता छ भनेर पत्ता लगाउन गहन अनुसन्धान सुरु गरिएको छ।

घटनास्थल पुगेपछि वास्तविकता थाहा पाएको र घटनामा संलग्न व्यक्तिको पहिचानका लागि प्रहरी र प्रशासनले काम गरिरहेको उनले बताए ।

उपजिल्ला प्रशासनले आफ्नो क्षेत्रमा हिन्दू मन्दिरमा गएर देवताको मूर्ति तोडफोड गर्ने घटना कहिल्यै नभएको बताउँछन् ।

तर, गत असोज ३ गते देशैभर कुमिलाको घटनापछि भएको साम्प्रदायिक हिंसाका लागि प्रहरी र प्रशासनले जिम्मेवार व्यक्तिको खोजी गरिरहेको बेला पोरसाको यो घटना भएको हो ।

बंगलादेश सरकारले बारम्बार देशको हिन्दू समुदायलाई सुरक्षाको आश्वासन दिएको छ र आक्रमणकारीहरूलाई न्यायको कठघरामा ल्याइने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV