१७ कार्तिक २०७८, बुधबार

एजेन्सी । आइसीसी टी २० विश्वकपमा स्कटल्याण्ड न्युजिल्याण्डसंग हारेको छ ।

बुधबार भएको खेलमा न्युजिल्याण्डले स्कटल्याण्डलाई १६ रनले पराजित गरेको छ । यो न्युजिल्याण्डको दोस्रो जित हो ।

स्कटल्याण्डको यो लगातार तेस्रो हार रहेको छ । स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।

दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७२ रन बनायो ।

मार्टिन गुप्टिल शतक बनाउनबाट चुके । उनले ५६ बलमा छ चौकार सात छक्काको मद्दतले ९३ रन बनाए ।

यस्तै डारेल मिचेलले १३ रन बनाए । ग्लेन फिलिप्सले ३३ तथा जेम्स निसामले १० रन बनाए । ३५ रन हुँदा पहिलो विकेट गुमाएको न्युजिल्याण्डले ५२ रन बनाउँदा तीन विकेट खेर गयो।

न्युजिल्याण्डले एक सय ५ रनको साझेदारी गरे । बलिङमा स्कटल्याण्डका ब्राड ह्विल र सेफयान सरिफले दुई दुई विकेट लिए ।

स्कटल्याण्ड २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५६ रनमा रोकियो । स्कटल्याण्डको लागि जोर्ज मुन्सेले २२ रन बनाए भने कप्तान केली कोइट्जेरले १७ रनको योगदान गरे । यस्तै म्याथ्यु क्रसले २७ रन जोडे ।

रिची बेरिङटोनले २० तथा कालुम माक्लोयडले १२ रन थपे । स्कटल्याण्डले पहिलो विकेटका लागि २१ रनको साझेदारी गरेको थियो भने ६६ रनमा दोस्रो, ७६ रनमा तेस्रो विकेट गुमायो ।

जितसंगै न्युजिल्याण्डले तीन खेलमा चार अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV