१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । नेपालले ‘बेस्ट रेस्पोन्स टु द पेन्डामिक’ गोल्ड अवार्ड पाएको छ । वन्डरलस्ट पत्रिकाले मंगलबार (हिजो) बेलायतको किन्सिङ्टन प्यालेस गार्डेनमा आयोजना गरेको कार्यक्रममा नोमिनेसन भएका ९ मुलुकलाई पछि पार्दै नेपालले यस अवार्ड पाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई यस अवार्ड हस्तान्तरण गरिएको थियो । लकडाउनको समयमा नेपालले अलपत्र विदेशी पर्यटकहरूको खोजी तथा उद्दारमा उत्कृष्ट कार्य गरेको भन्दै सो अवार्ड दिइएको हो ।

कोरोना महामारीको समयमा पर्यटन बोर्डले ‘स्ट्रयान्डेड इन नेपाल’ अनलाइन अभियान सञ्चालन गरी कोभिड संकट व्यवस्थापन केन्द्र, जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संघ–संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका १ हजार ७२१ जना विदेशी पर्यटकको उद्दार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV