१७ कार्तिक २०७८, बुधबार

एजेन्सी । अबुधाबीस्थित शेख जायद क्रिकेट स्टेडियममा आइसीसी टी–२० विश्वकपको सुपर–१२ अन्तर्गत समूह–२ को खेलमा अफगानिस्तानले भारतविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

भारतका कप्तान विराट कोहलीले लगातार तेस्रो खेलमा टस हारेका छन् र उनको टोली तेस्रो पटक ब्याटिङ गर्न जाने भएको छ ।

पाकिस्तान र न्यूजिल्याण्डलाई हराएपछि भारतले अब अफगानिस्तानको सामना गर्दैछ ।

यो खेलमा भारतीय टोलीले दुई परिवर्तन गरेको छ । न्युजिल्यान्डविरुद्धको खेलबाट बाहिरिएका सूर्यकुमार यादव टोलीमा फर्किएका छन् । स्पिनर वरुण चक्रवर्ती फिट नभए पनि उनको स्थानमा रविचन्द्रन आश्विनलाई टिममा राखिएको छ ।

अंक तालिकामा भारतको स्थिति निकै खराब छ । ६ टोलीको समूहमा शून्य अंकसहित पाँचौं स्थानमा छ भने अफगानिस्तान चार अंकसहित दोस्रो स्थानमा छ ।

भारतले अहिलेसम्म दुई खेल खेलेको छ जसमा उसले दुवैमा हार बेहोरेको छ भने अफगानिस्तानले अहिलेसम्म तीन खेल खेलेको छ जसमा दुईमा जित र एकमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV