१७ कार्तिक २०७८, बुधबार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २८, मोरङमा २६, सुनसरीमा १७, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा ८, मेचीनगर र दमकमा ६–६, बुद्धशान्तिमा ४, कनकाईमा २, अर्जुनधारा र शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा २०, बेलबारीमा ३, उर्लाबारीमा २, सुन्दरहरैचामा १ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, सुनसरीको इटहरीमा ११, धरानमा ५, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिका र उदयपुरको चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १०८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५१ महिला र ५७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LIVE TV