१७ कार्तिक २०७८, बुधबार

एजेन्सी । पश्चिम अस्ट्रेलियामा हराइरहेकी एक चार वर्षीया बालिका फेला परेकी छन् ।

प्रहरीका अनुसार पश्चिम अस्ट्रेलियाको दुर्गम स्थानमा १८ दिनदेखि हराइरहेकी एक चार वर्षीया बालिका एउटा बन्द घरभित्र सकुशल फेला परेकी हुन् ।

अक्टोबर १६ मा परिवारसंग बिदा मनाइरहेकी क्लियो स्मिथ कार्नार्भोन सहरनजिकै एउटा क्याम्पिङ स्थलबाट हराएकी थिइन्।

छोरी खोजिदिन सहयोगको याचना गरिरहेका बाबुआमासँग उनको भेट गराइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV