१७ कार्तिक २०७८, बुधबार

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभ्याक्सिनको आपतकालीन प्रयोगलाई हरियो संकेत दिएको छ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा बनेको कोरोना भ्याक्सिन, कोभ्याक्सिनलाई आपतकालीन रूपमा प्रयोग गर्न अनुमति दिएको छ।

पछिल्ला केही महिनादेखि यस विषयमा भ्याक्सिन बनाउने कम्पनी भारत बायोटेक र डब्ल्यूएचओबीच सम्पर्क भएको थियो ।

संयुक्त राष्ट्र संघको यो संस्थाले समय समयमा भारतमा बनेको यो खोपको अन्तर्राष्ट्रिय मापदण्डमा परीक्षण गर्नका लागि निर्माताहरुसंग विस्तृत जानकारी मागेको छ ।

डब्ल्यूएचद्वारा गरिएको ट्वीटमा लेखिएको छ, डब्ल्यूएचले भारत बायोटेकद्वारा निर्मित कोभ्याक्सिनलाई इमर्जेन्सी युज लिस्टिङमा समावेश गरेको छ। अब कोभिड रोक्नको लागि खोपमा अर्को नाम थपिएको छ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एशियाका निर्देशकले कोभ्याक्सिनलाई आपतकालीन प्रयोगको लागि अनुमति पाएकोमा बधाई दिएका छन्।

डा पूनम खेतरपाल सिंहले ट्वीट गरे, ‘स्वदेशी कोभ्याक्सिनको आपतकालीन प्रयोगको लागि अनुमति पाएकोमा भारतलाई बधाई छ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV