१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलहरु जनता तर्साउदै हिड्ने गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक विमोचन गर्दै श्रेष्ठले राजनीतिक दलहरु जनता तर्साउदै हिड्ने गरेकाले प्रजातन्त्र नै कमजोर भएको आरोप लगाएका हुन् ।

श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी पनि गरे । न्यायापालिका लगाएत जुनसुकै महत्वपूर्ण निर्णय पनि दलहरुको हस्तक्षेप गर्ने गरेको र त्यसमा स्वार्थ देखिएको उनले बताए ।

राजनीतिक दलहरूको गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनको भनाइ छ । त्यस्तै उनले दलको स्वामित्व ग्रहण गर्ने जनता वस्तु नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV