१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राणाले सर्वाेच्चमा दायर भएका दुई रिटलाई संवैधानिक इजलासमा पठाएका छन्।

मंगलबार प्रधानन्यायाधीश जबराले संवैधानिक परिषदको अध्यादेश र उक्त अध्यादेश अनुसारका नियुक्ति विरूद्धका रिटको सुनुवाइ रोक्ने आदेश पाएका यी दुवै रिट संवैधानिक इजलासमा पठाएका हुन्।

दुवै रिटको पहिलो सुनुवाइन्यायाधीश हरि फुँयालको इजलासले गरेको थियो । फुँयालको इजलासले संवैधानिक निकायका नियुक्तिविरूद्धको रिटको सुनुवाइ रोक्न आदेश दिएको थियो।

तर, अधिवक्ता गणेश रेग्मी र फुँयालको स्वार्थ बाझिने भएकाले अलग हुनुपर्ने भन्दै दीपकविक्रम मिश्रले मुद्धार दायर गरेका थिए । र, दुवै रिट संयुक्त इजलासमा विचाराधीन थिए।

LIVE TV