
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपप्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया ल्याटोर्तुबीच भेटवार्ता भएको छ ।
मंगलबार प्रधानमन्त्री देउवा र डेपुटी सिईओ ल्याटोर्तुबीच ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलनमा भेटवार्ता भएको हो ।
भेटका क्रममा दुईबीचमा नेपालमा एमसीसी लागू हुन नसक्नु र मुख्य चुनौतीका विषयमा कुराकानी भएको बुझिएको छ ।
विस्तृतमा दुईबीचमा के के कुरा भए त्यसबारे खुलाइएको छैन ।
आफू प्रधानमन्त्री हुँदै सम्झौता गरेको एमसीसी जसरी हुन्छ पारित गर्ने अडानमा रहेका छन्, प्रधानमन्त्री देउवा । तर, देउवा सभापति रहेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमात्र नभई देशभर एमसीसी फेल हुनु पर्ने भन्दै विरोध प्रदर्शन भइरहेका छन् ।
यस्तो अवस्थामा कसरी एमसीसी पारित होला नेपालबाट ? चौतर्फी एमसीसीको विरोध भइरहेको बेला अमेरिकाको वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयले विज्ञप्ति जारी गर्दै एमसीसीलाई पारित गर्ने कि नगर्ने भिन्ने निर्णय नेपालकै हातमा सुम्पेको छ ।