१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । आज नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर सामान्य वृद्धि भएको छ । तर बीमा, लगानी, होटल र व्यापार समूहको शेयर भने ओरालो लागेको छ ।

आज दुई सय २९ कम्पनीका ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । नबिल बैंकको एक अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले वृद्धि भएको छ । यस्तै छ्याङ्दी हाइड्रो कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे पाँच प्रतिशतले ओरालो लागेको छ ।

LIVE TV