१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । कुकुर तिहारको उपलक्ष्यमा पशुपतिनाथ परिसरमा रहेका कुकुरहरुको पूजा तथा रेविजविरुद्धको खोप लगाइएको छ ।

बुधबार भेटेरिनरी प्राक्टिसनर संघ नेपाल, लायन्स क्लाव आफ काठमाडौं नेपाल, श्री शक्ति महिला समूह र जय वावा पशुपति महिला बिकास संस्थाको संयुक्त आयोजनामा पशुपतिमा कुुकुरलाई भ्याक्सिन लगाइएको हो ।

समूदायमा घरमा पालिएका सबै जनावरलाई स्वास्थ राख्नुपर्छ भन्ने सन्देश दिन निःशुल्क भ्याक्सिन लगाइएको भेटेरिनरी प्राक्टिसनर संघ नेपालका अध्यक्ष डाक्टर श्रीराम अधिकारीले जानकारी दिए ।

सामूदायिक कुकुरको संख्या नेपालमा धेरै रहेकाले त्यस्ता कुकुरलाई संक्रमण हुन नदिन खोप लगाउनुपर्ने उनको भनाइृ छ । उनले अहिले संसारभर रहेको ९० करोड कुकुर मध्ये एकतिहाई भारत, चीन र नेपालमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV