१७ कार्तिक २०७८, बुधबार

काठमाडौं । चीनले अनुदानमा दिएको १६ लाख डोज कोरोनाविरुद्धको खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरेकी हुन् ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री खतिवडाले यस बर्षभित्रै सबै नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताए । उनले हालसम्म नेपाललाई चीनबाट ३४ लाख डोज खोप अनुदान सहायता अन्तर्गत प्राप्त भएको र जनमुक्ति सेनामार्फत अनुदानमा नै ३ लाख डोज थप अनुदान प्राप्त हुन लागको जानकारी दिए ।

त्यस्तै उनले द्विपक्षीय खरिद प्रक्रियामार्फत् १ करोड खोप नेपाल आएको बताए । मन्त्री खतिवडाले आगामी दिनमा पनि चीनको निरन्तर सहयोग हुने विश्वास व्यक्त गरे । त्यस्तै चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि सदैब सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV