१७ कार्तिक २०७८, बुधबार

भैरहवा । नेकपा एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेशका संयोजक मेटमणी चौधरीले नेकपा एममालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका १० भाइलाई ओलीले लखेट्न थालेको बताएका छन् ।

संघीय सांसद समेत रहेका चौधरीले घनश्याम भुसाल लगायतका नेताहरु बाटो बिराएर ओलीको पार्टीतिर पुगेको र अहिले ओलीले ती १० भाइलाई लखेट्ने गरिरहेको आरोप लगाएका हुन् ।

आज भैरहवामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले माधव नेपालको साथ छाडेर बाटो बिराएर ओलीतिर लागेकै कारण १० भाइले लखेटिनु परेको समेत बताए ।

लुम्बिनी प्रदेशका संयोजकसमेत रहेका चौधरीले ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न लागेको आरोप पनि लगाए। साथै उनले ओलीको दम्भलाई शून्यमा झार्न एमालेबाहेक देशभरका कम्युनिस्ट संगठिन हुनुपर्ने आवश्यकता रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV