१७ कार्तिक २०७८, बुधबार
  • तारा आचार्य

विराटनगर । कोरोना महामारीका कारण दुुईवर्ष देखि चाडवाड मनाउन नपाएका स्थानीयहरुको विराटनगर बजारमा यतिबेला तिहारको किनमेलको लागि भिडभाड बढेको छ ।

हिन्दु परम्परा अनुसार मनाईने चाडवाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरुको विक्री हुने गर्दछ ।

कोरोना संक्रमणको समयमा बन्द भएको नाका खुले संगै उपभोक्ताहरु सिमावती बजार भारतको जोगवनी जाने भएका कारण विराटनगरमा सोचे जस्तो व्यापार नभएको व्यापारीहरुले बताएका छन् ।

गत वर्ष भन्दा यसवर्ष सामानमा केही मुल्य बृदि भएको सर्वसाधारणहरुले गुनासो गरेका छन् । यसपटक लक्ष्मी पूजा र तिहारमा चाहिने फलफूल, माटोको दियो, मिठाई, नरिवल, केरा ,फूल, बाँसका सामग्री र पित्तल तथा तामाका भाडाहरु साथै भाई मसलाकोे मुल्य अघिल्ला बर्षहरुमा भन्दा बढेको उपभोक्तहरुले बताएका छन् ।

सवै समानकोे भाउ बढेकाले पुजाका समाग्री र भाई मसलाको मुल्य बढेको ब्यापारीहरुको भनाइ छ । धान, चामल ,तेल, चिनी लगायतको मुल्य बृद्धि भए संगै तिहारमा चाहिने भाई मसला र बत्तिका सामनको मुल्यमा बृद्धि भएको ब्यापारीहरु बताएकाछन् ।

 

यस पर्वमा चाहिने केरा, नरिवल, माटो तथा धातुका सामग्रीहरु स्थानीय स्तरमा नै उपलब्ध भएपनि बढी विक्री हुने फलफूल, भाईमसला साथै फूलहरु र झिलिमिलि बत्तिका सामान भने भारतबाट ल्याउने गरिएकोले पनि मुल्य बृद्धि भएकोे व्यापारीहरुले बताएका छन् ।

तिहारका अवसरमा विराटनगरमा करिब ८० देखी एक करोड रुपैया सम्मको विभिन्न सामग्री विक्री हुने गरेकोे व्यापारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV