१७ कार्तिक २०७८, बुधबार

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्य तोक्दै तोलामा ५ सय रुपैयाँ घटेको बताएको छ । सुनसँग आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ छ ।

त्यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।

तोलामा २५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको महासंघले बताएको जनाएको छ ।

LIVE TV