१७ कार्तिक २०७८, बुधबार
  • रामगोपाल तमखु

भक्तपुर । भक्तपुरको तःमारी चोकमा तिहारको लागि किनमेल गर्नेको भीड लागेको छ । प्रत्येक बर्ष तिहारको लागि ब्यापार गर्न आउनेहरु हिजो रातिदेखि सामान राख्नको लागि चोकमा ठाउँ ओगटेर बसेका थिए ।

तिहारको लागि प्रत्येक बर्ष लक्ष्मी पूजाको अघिलो दिन कुकुर पूजादेखि तःमारी चोकमा ब्यापारीहरु बिभिन्न फलफुल, मसला, माटोका सामान, फुलको माला लगायत तिहारमा पूजाको लागि चाहिने सम्पूर्ण सामानहरु बेच्ने गरिन्छ ।

पहिला पहिला म्हःपूजा र किजा पूजाको लागि चाहिने सामानहरु घरघरमै बनाउनु पर्छ र दुई तिन अगाडी देखि बनाउन शुरु गरिन्थ्यो । तर आजभोली त्यस्ता पूजालाई चाहिने सम्पूर्ण सामान भक्तपुरको तःमारी चोकमा आए पछि किन्न पाईने भएकोले पनि धेरै भिड हुने गरेको छ ।

तिहारको लागि छिमेकी जिल्ला काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, दोलखा र तराईका बिभिन्न जिल्ला देखि बिभिन्न फलफुलहरु, फुलहरु ल्याउने गरेको ब्यापारीहरु बताउँन्छन् । आज, भोली र पर्सी अर्थात भाईटिकाको दिन बिहानसम्म ब्यापारीहरुलाई यहाँ ब्यापार गर्न भ्याईनभ्याई हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV