१७ कार्तिक २०७८, बुधबार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्।

मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु ूएउटा ठूलो मुद्दाू भएको र चीन त्यसबाट ‘टाढिएको’ बताएका हुन्।

उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाएका छन्।

ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्।

विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ।

यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV