१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । नेपाल विविध कला र संस्कृतिले भरिपूर्ण देश हो । हिमाल, पहाड र तराईको कलामा आ–आफ्नै विशेषता झल्किन्छ । पहिले समुदायमा मनोरञ्जनका लागि मात्र सीमित भएको कला अहिले फेशनको रुपमा परिचित भएको छ ।

नेपालको मौलिकतालाई जोगाउन समय–समयमा विविध कार्यक्रमको आयोजना गर्ने गरिएको छ । यस्तैमा हाम्रा पुर्खाले बनाएको संस्काररुपी कलाको सम्मानका लागि एएसएपी इन्टरटेन्मेन्टले वर्षेनी ‘द हेरिटेज’ नामक फेसन शोको आयोजना गर्दै आएको छ ।

सन् २०१९ बाट सुरुवात भएको ‘द हेरिटेज’ मा विशेष गरी नेपालको मौलिकता झल्किने पहिरनलाई विशेष जोड दिने गरिन्छ । संस्कृतिको उत्थानका लागि यस्तो गरिएको हो । विभिन्न समुदायका पहिरनलाई कलाका माध्यम प्रचारप्रसार गर्ने उद्देश्य स्वरुप एएसएपी लागिरहेको छ ।

समाजमा एकताको सन्देश प्रवाह गर्न ‘द हेरिटेज’ सहयोगसिद्ध हुने विश्वास समेत लिने गरिएको छ । नेपालमा अक्सर थुप्रै फेसन शो कार्यक्रमको आयोजना गर्ने गरिन्छ । सबैका आ–आफ्नै उद्देश्य हुन्छन् ।

कतिपय त कार्यक्रमका लागि कार्यक्रम गरिएको जस्तो पनि देखिन्छ ।तर ‘द हेरीटेज’ ले समाजमा छोटो समयमै छुट्टै छाप छोडेको छ । कमाउनका लागि भन्दा पनि संस्कार जोगाउनका लागि कार्यक्रम गरिएको भान हुन्छ ।

त्यसको ज्वलन्त उदाहरण हो सन् २०२० मा उक्त कार्यक्रम अष्ट्रेलियामा आयोजना गरिनु । नेपालको संस्कृतिलाई विदेशमा समेत प्रचारप्रसार गर्नुपर्छ भन्ने मान्यतास्वरुप अष्ट्रेलियामा आयोजना गरिएको हो ।

‘हेरिटेज’ फेशन शोलाई ब्राण्ड बनाउने लक्ष्यका साथ एएसएपी लागिरहेको छ । फलस्वरुप शनिबार मात्र पोखराको लेकसाइडस्थित टिका रिर्सोटमा ‘फेसन शो’ सम्पन्न भएको छ । तेजु मगर, सुनीता चौलागाई, अमितेश करण र सम्झना गुरुङको ड्रेस डिजाइनमा मोडलहरु ¥याम्पमा उत्रिएका थिए ।

सन्तोष अधिकारी र बेनीशा हमाल सो स्टोपर रहेको कार्यक्रममा दीपा घिमिरे, मुना गौचन (भारतीय मोडल)को समेत उपस्थिति रहेको थियो ।

अफिसियल कोरियोग्राफीमा दिक्पाल कार्की रहेका थिए, भने एसिस्टेन्ट कोरियोग्राफीमा सुलोचना बज्रचार्य थिइन् । विवेक खतिवडाले संचालन गरेको कार्यक्रममा गायिका ममता गुरुङको समेत प्रस्तुति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV