१६ कार्तिक २०७८, मंगलवार

विराटनगर । नवगिठत प्रदेश न १ को सरकारले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सम्पूर्ण निर्णय र राजनीतिक नियुक्ति खारेजी गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो बैठकले मुख्यमन्त्रीमा आचार्यको कार्यकालमा भएका सम्पूर्ण निर्णय र नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।

बैठकमा निर्णय र नियुक्ति संविधानसम्मत नभएकाले खारेज गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् । उनका अनुसार सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा लैजाने निर्णय गरिएको छ ।

नवगठित सरकारको पहिलो बैठकले प्रदेश १ का स्थानीय तहका विपन्न, दलित, अल्पसंख्यक, र सीमान्तकृत समुदायमध्येका एक÷एक जना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्ति दिने निर्णय गरेको पनि मन्त्री आङबोले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV