१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । आईसीसी विश्वकप टी–२० क्रिकेटमा साउथ अफ्रिकाले बंगलादेशमाथि ६ विकेटको शानदार जित निकालेको छ । मंगलबार (आज) भएको खेलमा बंगलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य साउथ अफ्रिकाले ३९ बल अगावै ४ विकेट गुमाएर पुरा गर्यो ।

साउथ अफ्रिकाका लागि ओपनर क्विनटन डी ककले १६ रन बनाएको इनिङ्समा अर्का ओपनर रिजा हेन्डरिक्स ४ रनमा आउट भए । त्यस्तै रक्सी वेन डेर डुसनले २२ रन बनाएको इनिङ्समा एडेन माक्राम शून्य रनमा आउट भए । यता कप्तान टेम्बा बावुमाले भने नटआउट ३१ रन जोडे ।

अर्कोतर्फ बंगलादेशका टास्किन अहमेदले २ तथा महेदी हसन र नसुम अहमदले एक एक विकेट हात पारे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश १८ ओभर २ बलमा अल आउट हुँदै जम्मा ८४ रन जोड्न सक्यो । बंगलादेशका लागि महेदी हसनले सर्वाधिक रन जोडे, भने लिटोन दासले २४ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका कगिसो राबाडा र एनरिच नोर्जले समान ३–३ विकेट हात पारे । तबरेज सम्सीले २ विकेट लिएका थिए । बंगलादेशलाई हराउँदै साउथ अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV