१६ कार्तिक २०७८, मंगलवार

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा दुई शक्तिशाली विस्फोट भएको छ । तालिबानका प्रवक्ताले पहिलो विष्फोट सरदार दाउद खान अस्पतालको अगाडि भएको बताएका छन् । दोस्रो विस्फोट पनि सोही क्षेत्रमा भएको प्रवक्ताले बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानसँग सम्बद्ध सुरक्षा अधिकारीहरूले यस विस्फोटमा अहिलेसम्म कूल १५ जनाको मृत्यु भएको र ३४ जना घाइते भएको बताएका छन् । केही प्रत्यक्षदर्शीले उक्त क्षेत्रमा गोली चलेको आवाज पनि सुनेको बताएका छन् । अस्पतालका कर्मचारीले भित्र ठूलो झगडा भइरहेको बताएका छन् ।

“म अस्पताल भित्र छु। मैले ठूलो धमाका सुनेको छु। हामीलाई सुरक्षित कोठामा जान भनिएको छ। म अझै पनि बन्दुकको आवाज सुन्न सक्छु,” अस्पतालका एक डाक्टरले एएफपी समाचार संस्थालाई भने।

तालिबान सरकारको आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्ती विष्फोट भएको ठाउँमा पुगेका छन् । उनले विष्फोटमा मानिसहरु घाइते भएको तर यसबारे जानकारीपछि आउने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV