१६ कार्तिक २०७८, मंगलवार
  • रामगोपाल तमखु,

भक्तपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भस्मासुर र धुन्दकारीको संज्ञा दिएका छन् ।

पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने, ‘ओलीको हातमा पार्टी पुगेपछि पार्टी नीतिप्रधान होइन नेता प्रधान, विचारप्रधान होइन ब्यक्तिप्रधान भएको छ ।’

त्यस्तै उनले पार्टीमा ओलीको जयजयकार गर्ने, ‘बा’ भन्ने ब्यक्तिहरु मात्र रहेको पनि उल्लेख गरे । यसका साथै उनले विचारको आन्दोलनका बहस हुन छोडेको र पार्टीभित्र आफ्नो घरको ‘बा’ बिर्सेर ‘ओली बा’ भनेर बुरुक–बुरुक उफ्रिनेहरुको गुटको सिर्जना हुन थालेको बताए ।

पार्टीभित्र कहिल्यै पनि पार्टी जिन्दावाद नभनी ‘ओली बा’ जिन्दावादको नारामा रमाउनेहरुको पार्टी बन्न थालेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV