१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । अब, नेपालले भारतललाई विद्युत बेच्ने अनुमति पाएको छ । सोमबारबाट प्रतिस्पर्धी दरमा विद्युत् बिक्रीका लागि अनुमति पाएसँगै नेपालले भारतलाई विद्युत बेच्ने बाटो खुलेको हो ।

यसअघि नेपालले विद्युत् आदान–प्रदान (एक्सचेन्ज) को मात्रै स्वीकृति पाएको थियो । तर, सोमबारदेखि भने विद्युत निर्यात गर्ने बाटो खुलेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार पहिलो चरणअन्तर्गत नुवाकोटको २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार यी दुवै जलविद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित रहेको छ । प्राधिकरणले भारतमा निर्यात गर्ने अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV