
काठमाडौं । आसन्न ए डिभिजन लिगमा खेलाडीलाई कुनै प्रकोरको घाउ चोट नहोस भनेर योजना बनाइएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एशियन कप छनोटको तेस्रो चरणको तयारीमा आफूले खेलाडी घाइते नहोस भनेर योजना बनाएको बताए । यदि चोट पुगेमा आफूलाई दबाव हुने र हाफ इन्जिन खेलाडी आफुूलाई नचाहिने जनाए।
लिगपछि सतप्रतिशत फिट हुने खेलाडीले मौका पाउने उनले बताए । यस्तै उनले अहिले २०२२ को योजना बनाएको र अर्को बर्ष फेरि नयाँ योजनाका साथ अगाडि बढ्ने बताए ।
अब्दुल्लाहले आउने दिनमा राष्ट्रिय टिममात्र होइन, यू २३, महिला, यू १९ टिममा पनि परिवर्तन गर्ने प्रतिबद्धता जनाए। तर त्यसका लागि आफूलाई काम गर्ने मौका र समय चाहिएको भनाइ राखे ।
यस्तै उनले खेलाडी मात्र होइन, फिजियो, प्रशिक्षकले पनि विदेशमा प्रशिक्षणको अवसर सिर्जना गर्ने धारणा राखे ।