१६ कार्तिक २०७८, मंगलवार
  • तारा आचार्य,

विराटनगर । प्रदेश १ मा एक राज्यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ । गठबन्धन दलहरूबीच भएको छलफलपछि तत्कालका लागि मुख्यमन्त्रीसहित ६ जनाको मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

मन्त्रीहरुमा कांग्रेसबाट दुई जना, माओवादी केन्द्रबाट एक जना र जनता समाजवादी (जसपा)बाट एक जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना मन्त्री भएका छन् । मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

गठबन्धन दलहरुबीच भएको सहमति अनुसार मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन् ।

उपनेता हिमाल कार्की भौतिक पूर्वाधारमन्त्री बनेका छन्, भने नेकपा (माओवादी केन्द्र)का नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिलामन्त्री बनेका छन् । त्यस्तै जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV