१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायालयभित्रको विवाद न्यायालय आफैँले समाधान गर्नुपर्ने बताएका छन् ।

मंगलबार (आज) नेपाल पत्रकार महासंघले आयोजना गरेको ‘सञ्चार सम्बन्धी कानूनका विषयमा अन्तक्र्रिया’मा बोल्दै मन्त्री बडुले संविधानले आफूहरूको सीमा तोकेको भन्दै न्यायालय स्वतन्त्र नै हुनुपर्ने बताएका छन् ।

सरकारले ‘न्यायालयभित्रको विवाद न्यायालय आफैँले समाधान गरोस्’ भनेर हेरिरहेको उनको भनाइ छ । त्यस्तै उनले समयमा यसको व्यवस्थापन गरेर जनताको न्याय पाउने अधिकार सुनिश्चित गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

न्यायपालिका, कार्यपालिका र संसद्का आ–आफ्नै जिम्मेवारी र सीमा भएको उल्लेख गर्दै उनले न्यायालयभित्रको विवाद न्यायालयभित्रै समाधान खोजिनुपर्ने बताए । अदालत नै जनताले न्याय पाउने अन्तिम थलो भएकाले अदालतमा यस्तो समस्या आउनु दुःखद् कुरा भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV