१६ कार्तिक २०७८, मंगलवार

काठमाडाैँ । यस वर्षको तिहार पर्व आज (मंगलबार) बाट सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारलाई यमपञ्चक पनि भनिन्छ ।

तिहार एवं यमपञ्चकको पहिलो दिन आज ‘धनतेरस’ मनाइँदै छ । धनत्रयोदशी पनि भनिने यस दिनमा विशेष रुपले किनमेल गर्ने प्रचलन छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्नाले सिद्धि प्राप्त हुने जनविश्वास छ ।

यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मजयन्ती मनाउने पर्वका रूपमा मनाइन्छ । धनतेरसका दिन विशेषगरी नेपालको तराइ क्षेत्र (मिथिला) र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । यही परम्परा काठमाडाैँ लगायत शहरमा पनि व्याप्त छ ।

समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् ।

कहिले तिहारकाे पहिलाे दिन कागतिहार पनि पर्ने गर्छ । तर यसपालि भने भाेलि बुधबार कागतिहार परेकाे छ ।  बुधबार नै कुकुरतिहार र नरक चतुर्दशी परेको छ भने बिहीबार लक्ष्मीपूजा मनाइँदै छ । शुक्रबार गोवद्र्धन पूजा तथा नेवारी समुदायमा म्ह–पूजा परेको छ भने २० गते शनिबार भाइटीका परेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV