१६ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । तिहारमा घर जाने यात्रुका लागि काठमाडौँमा खोपको व्यवस्था गरिएको छ । काठमाडौँबाट देशका विभिन्न क्षेत्रमा घर फर्कने यात्रुहरुलाई लक्षित गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ ठाउँमा कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ ।

मन्त्रालयले तिहार मनाउन काठमाडौँबाहिर जाने यात्रुलाई कोटेश्वर चोक, गोंगबुस्थित बसपार्क, बल्खु चोक र कलंकी चोकमा कोरोनाविरुद्धको खोप दिन सुरु गरेको हो । आजबाट दुई दिनसम्म ७ बजेदेखि बेलुका ४ बजेसम्म खोप दिइने जनाइएको छ ।

तपाई पनि काठमाडौँबाट बाहिर गाउँघर फर्कँदै हुनुहुन्छ भने खोप लगाएर जान सक्नुहुनेछ । यसका लागि सम्बन्धित ठाउँमा उमेर खुल्ने सरकारी परिचय पत्र लगेर उपस्थित हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

 

LIVE TV