
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २६औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन स्कटल्यान्डकाे ग्लास्गाे शहरमा रहेका दुवै प्रधानमन्त्रीबीच सोमबार भेट भएको हो ।
मोदीसगको भेटमा हिमालय क्षेत्रको दिगो विकास र सहकार्यबारे दुवै पक्षबीच कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्विटरमार्फत जानकारी दिएका छन् ।
उता माेदीले दुवै देशबीच आगामी दिनमा दिगो विकासका लागि सहकार्य रहने र त्याे महत्त्वपूर्ण हुने बताएका छन् । उनले प्रधानमन्त्री देउवाले हिमालय क्षेत्रकाे जलवायु परिवर्तनको मुद्दाबारे प्रभावकारी ढंगले कुरा उठाएको भन्दै प्रशंसा गरेका छन् ।