१६ कार्तिक २०७८, मंगलवार

काठमाडौँ । सर्वोच्च अदालतमा आज पनि न्यायाधीशहरुले सीमित मुद्दा मात्र हेर्ने भएका छन् । बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ हुने र अन्य मुद्दाको सुनुवाइ नहुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरू आन्दोलित छन् । अघिल्लो आइतबारदेखि नै इजलास बहिष्कार गरेका उनीहरु हिजोबाट ससर्त इजलासमा फर्केका हुन् ।

आजका लागि बन्दीप्रत्यक्षीकरणका ६ वटा मुद्दाको पेशी तोकिएको छ । तीमध्ये ४ वटा संयुक्त इजलासमा र २ वटा एकल इजलासमा पेसी तोकिएको छ । तर न्यायाधीश मीरा खड्का र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा भने १ वटा बन्दी प्रत्यक्षीकरण र ४ वटा बैंकिङ कसुर मुद्दामा समेत पेसी ताेकिएकाे बताइएकाे छ ।

तर प्रधानन्यायाधीश भने इजलासविहीन बसेका छन् । न्यायाधीशहरुले नै प्रन्या जबरालाई इजलासमा नबस्न भनेपछि जबराले आफ्ना लागि सोमबार र आज कुनै पनि मुद्दामा इजलास राखेका छैनन् ।

LIVE TV