१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनिप्रसाद खापुङले गृहजिल्ला तेह्रथुमको भ्रमण थाल्नु भएको छ । सोमबार देखि उहाँले जिल्लाको भ्रमण थाल्नु भएको हो ।

भ्रमणसंगै नेपाल कम्यूनिस्ट पार्टी एकिकृत समाजवादीको अगुवा कार्यकर्ता भेटघाट सेमेत गर्नुभएको छ। सोमबार उहाँले छथर अस्पतालको भ्रमण तथा त्यहाँ भएका समस्या समेत बुझ्नु भएको छ ।

छथर अस्पतालमा भएको समस्याका बिषयमा छथर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख संजित रसाइलिले लिखित पत्र गाउँपालिका अध्यक्ष सन्तोश तिगेलाको हातबाट राज्यमन्त्रिलाई बुझाउनु भएको छ ।

जिल्लाको सम्पुर्ण स्थानीय तहमा पुगेर स्वास्थ्य क्षेत्रमा रहेका सम्पुर्ण समस्या बुझ्ने र सो समस्याको समाधानका निम्ति पहलगर्ने मन्त्री खापुङले बताउनुभयो।

भ्रमण कार्यक्रमसंगै नेपाल कम्यूनिस्ट पार्टी एकिकृत समाजवादीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले छथर अस्पतालमा दरबन्दी सहितको जनशक्ती, आधारभूत उपकरण, भवन लगाया पोसमार्टम घर निमार्ण गर्न राज्यमन्त्रीको ध्यानार्कषण गराउनु भएको छ।

तेह्रथुम जिल्लाको प्रतिनिधित्व गर्दै यस अघि पनि धेरै मन्त्रीहरु बनि सक्दासमेत जिल्ला बासीहरुको समस्या यथावत नै रहेकाले राज्य मन्त्रीलाई जिल्लामा उदाहरणीय काम गर्न छथर गाउँपालिकाका अध्यक्ष सन्तोश तिगेलाले आग्रह गर्नु भएको छ।

यता स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानिप्रसाद खापुङको स्वागतको लागि नेपाल कम्यूनिस्ट पार्टी एकिकृत समाजवादीले पञ्चेबाजा बजाउदै शुक्रबारे बजार परिक्रमा गराएको थियो ।

यस्तै भ्रमण तालिका अनुसार मन्त्री खापुङले मंगलबार लालिगुरास नगरपालिकाको बसन्तपुर , लसुने बजारमा, जिरिखिम्ति बजार र म्याङ्लुङ बजारमा भेटघाट कार्यक्रम रहेको मन्त्री खापुङको सचिबालय जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV