१६ कार्तिक २०७८, मंगलवार

काठमाडौं । मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रदेश- १ संसदीय दलका नेता राजेन्द्र राईले केक काटेर अनि मदिराकाे चुस्की लिएर खुशियाली साटेका छन् ।

उनले सोमबार आफू मुख्यमन्त्री बन्ने निश्चित भएपछि इटहरीस्थित इन टुरिष्टमा भव्य पार्टीको आयोजना नै गरेका थिए । उनले खुशियाली मनाउँदै काटेको केक उनी आफैँले भने किनेका हैनन् । उनका शुभेच्छुक तथा सुभचिन्तकहरुले उनको लागि कार्यक्रमको आयोजना गरिदिएका हुन् ।

बधाई कार्यक्रमको दृश्य

नेता राईको बधाईका लागि आयोजना गरिएको कार्यक्रममा करिब २ दर्जन मानिस छन् । उनी स्वयम उपस्थित भएर केक काटिएको छ । उनले काटेको केकमा प्रदेश १ को मुख्यमन्त्री बन्न लागेकोमा बधाइ लेखिएको छ । कार्यक्रममा सुभचिन्तकहरुले गडगडाहटका साथ निरन्तर ताली बजाएको देखिएको छ । उपस्थित कसैले बल्ल आनन्द आयो भन्दै हुन्छन् ।कसैले यहाँको भिडियो फोटा कसैले बाहिर नल्याउनु भन्दैछन् । उक्त भिडियो खिच्नेले पनि ल भन्छन् । त्यसैमा अर्का उपस्थित पुरुषले यहाँको सबै उठाइहालौँन भन्छन् । र, होटलका कामदार आएर प्लेट तथा गिलासहरु गठउँछन् । त्यसअघि त्यहाँ धेरै पानीका बोतलहरु राखिएको हु्न्छ । त्यो सँगै एक वोतल ‘स्याम्पेन’ पनि देखिन्छ । र, मदिरा गिलासमा सारेर थोरै थोरै चुस्की लिन्छन्, आज मुख्यमन्त्री बन्न लागेका राजेन्द्र राई र उनकी पत्नी शोभा पाठकले ।

राईका शुभचिन्तकहरुले गोप्य रुपमा मनाएको खुशियाली कार्यक्रको भिडियो कसैले बाहिर सार्वजनिक गरिदिएकाे छ । निवर्तमान मुख्यमन्त्री भीम आचार्यले सोमबार मात्रै पदबाट राजीनामा दिएका छन् । उनले ६८ दिनको आफ्नो कार्यकाललाई हिजो टुङ्गाएका थिए । पार्टी विभाजन भएपछि विश्वासको मत पाउने अवस्था नरहेका कारण उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई राजीनामा पत्र बुझाएका थिए ।

प्रदेश प्रमुख अधिकारीले मंगलबार आजसम्म मुख्यमन्त्रीको दावी गर्न दलहरुलाई आह्वान गर्नुभएको छ । गठबन्धन दलहरुले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV