१५ कार्तिक २०७८, सोमबार

एजेन्सी । अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु भएको छ ।

‘भिजिलेन्ट एस’ नाम दिएको संयुक्त सैन्य अभ्यास ‍औपचारिक घोषणाबिनै सुरु गरिएको छ। यस्तै कुनै नाम नदिइकनै सुरु गरिएको छ।

सोमबार अमेरिकी र दक्षिण कोरियाली वायु सेनाका केही युनिटलाई संयुक्त सैन्य अभ्यासमा परिचालन गरिएको छ।

उक्त सैन्य अभ्यास ५ दिनसम्म हुने जनाइएको छ। सैन्य अभ्यासमा दक्षिण कोरियाका केएफ–१६ र एफ–१५ के तथा अमेरिकाको एफ–१६ लडाकुविमानसहित दुवैतर्फबाट एक सय विमान सहभागी हुने छ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV