१५ कार्तिक २०७८, सोमबार

काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयले आफू मातहतका निकायलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले राय परामर्श लिन सोमबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा कार्यक्रम आयोजना ग¥यो ।

खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सक्रिएतामा भएको कार्यक्रममा पूर्व खेलकुद मन्त्रीलगायत सराकोर निकायका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा खेलकुदका पूर्व मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), पूर्व राज्यमन्त्री गोपी अछामी, पूर्व सहायक मन्त्री चन्दा चौधरी तथा खेलकुद मन्त्रालयसंग सम्बन्धित सरोकार निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV