१५ कार्तिक २०७८, सोमबार

एजेन्सी । न्यूजील्यान्डमा चमेरोले उपाधि पाएको छ ।

विवादका बीच एउटा चमेरोलाई ‘वर्ष चरो’घोषित गरिएको छ।

लामो पुच्छर भएको चमेरोले अनलाइन मतदानमा सबभन्दा धेरै मत पायो । उक्त मत पाएपछि चमेरोलाई उपाधि दिएको छ।

बीबीसीका अनुसार प्रतिस्पर्धा आयोजकहरूले न्यूजील्यान्डको स्थलमा पाइने अतिसङ्कटापन्न उक्त स्तनधारी जीवलाई चर्चामा ल्याउन मतदान गरिने जीवको सूचीमा राखेका थिए। तर यो उपाधिले कैयौँमा असन्तुष्टि देखिएको छ।

सामाजिक सञ्जालमा कैयौँले दुई वर्षसम्म प्रयत्न गरेर चमेरोले पाएको आवश्यक चर्चा र विजय भनेका छन्।

तर प्रतिस्पर्धा आयोजक पर्यावरणवादी समूह ुफरेस्ट एन्ड बर्डुले कोरोनाभाइरस महामारी सन्दर्भमा चमेराको छवि सुधार्न गरिएको प्रयत्न नभएको बताएको छ। छपन्न हजार ७०० जनाभन्दा बढीले प्रतिस्पर्धामा आफ्नो मत प्रकट गरेका थिए।

चमेरोले ७,००० भन्दा बढी र गत वर्षको उपाधि हात पारेको ककपोले ४००० मत प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV