१५ कार्तिक २०७८, सोमबार

काठमाडौं । माधव नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ ।

सोमबार दिउँसो धनगढीमा आयोजित पत्रकार सम्मलेनमा आलोपालोमै भए पनि प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने भन्दै नेकपा एसकी प्रदेश अध्यक्ष गरिमा शाहले दाबी गरिएको बताइन् ।

उनका अनुसार प्रदेश सभाको सबभन्दा ठूलो दलका हिसाबले सरकारको नेतृत्वका लागि गठबन्धनमा प्रस्ताव गर्न पार्टी केन्द्रलाई माग गर्ने निर्णय भएको छ ।

सम्मेलनमा उनले भनिन्, ‘सत्ता गठबन्धनमा भएका दलबीच भागबण्डाको निर्णय केन्द्रले नै गर्ने हुँदा यसका लागि माग गर्ने निर्णय गरेका छौँ ।’

साथै, नेपाली कांग्रेससँग पनि यसबारे सहकार्य गर्ने र पार्टीले भनेको खण्डमा कांग्रेसको धारणा पनि मान्ने उनले बताइन् ।

तर, सुदूरपश्चिममा भने कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाइने गठबन्धनको सहमति बनेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV