१५ कार्तिक २०७८, सोमबार
  • महेश्ववर के.सी.

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु अहिले दुई भागमा विभाजित छन् । ती हुन्– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्ष (सेतो पट्टि) र प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने पक्ष (कालो पट्टि) ।

सोमबार माइतीघर मण्डलमा प्रधान्यायाधीश पक्षका सेटो पट्टि बाँध्ने न्यायाधीशहरुले हड्तालकारी न्यायाधीशलाई घिसारेर जनताले इजलासमा लानैपर्छ भन्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले कालो पट्टि बाँधेर प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सडकमा ओर्लिएपछि सेतो पट्टि बाँध्ने न्यायाधीशहरुले न्याय सम्पादनमा असर परेको भन्दै उक्त कदमबाट पछि हटेर इजलासमा जान भनेका छन् ।

प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालयमा सुधार नहुने भन्दै एक न्यायाधीशले न्यायायलमा राजनीतिक हस्तक्षेप बन्द हुनु पर्ने भने । उनले अब त्यस्ता नालायक न्यायकर्मीलाई घोक्रेठ्याक लगाएर सडकमा ल्याउनुपर्ने पनि बताए ।

१० फोटोमा हेरौँ सेतो पट्टि बाँध्ने न्यायाधीशहरुको विरोध प्रदर्शन :

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV