
काठमाडौं । नेपाली र अमेरिकी सेनाबीच छाउनीस्थित रेन्जर गणमा सोमबारबाट सैन्य अभ्यास सुरु भएको छ ।
आजबाट नेपाली सेना र अमेरिकी सेनाबीच ‘टीक नेल’नामक सैन्य अभ्यास सुरु भएको हो ।
उक्त सैन्य अभ्यासको सुभारम्भ नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार समारोहमा नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को–अपरेशन (ओडीसी)का प्रमुखलगायतका सैन्य अधिकारीहरु उपस्थित थिए ।
सैन्य अभ्यास मंसिर १४ सम्म चल्ने जनाइएको छ । नेपाली सेनाका ५० र अमेरिकी सेनाका २० जना विशेष फौजले सैन्य अभ्यासमा सहभागिता रहेको छ ।
सैन्य अभ्यास काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्पमा हुनेछ।