१५ कार्तिक २०७८, सोमबार
  • तारा आचार्य

विराटनगर । प्रदेश– १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । विश्वासको मत जुटाउन नसकेपछि आचार्यले आज सोमबार प्रदेश सभाको बैठकबाट राजीनामा घोषणा दिएका हुन् ।

विश्वासको मतमाथि आज मतदान हुने कार्यसूची थियो । तर उनी त्यो प्रक्रियामा नै नगएर राजीनामा दिएर नयाँ मुख्यमन्त्री चयनका लागि बाटो खोलिदिएका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्य पार्टी फुटेर सांसदहरू विभाजित भएपछि अल्पमतमा थिए ।

प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लोकतन्त्र र संविधान निर्माणका लागि लडेर आएका राजनीतिक शक्तिहरु फेरि पनि जुटेर नै अघि बढ्नुपर्ने बताए । गुट, फुटले कसैलाई फाइदा नहुने उनको भनाइ थियो । अहिले प्रदेश सभा बैठक चलिरहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV