१५ कार्तिक २०७८, सोमबार

काठमाडौँ । लोकसेवा आयोगले हालै उपसचिव पदका लागि खुलाइएको विज्ञापनमा कुनै पनि उम्मेदवार पास हुन सकेनन् ।

संघीय संसद सेवाको ३ जना उपसचिवका लागि खुलाइएको विज्ञापनमा २ जना मात्र परीक्षार्थी थिए । तर ती दुवै जना लिखित परीक्षामै फेल भएको र अन्तर्वार्ताका लागि कुनै पनि उम्मेदवार छनौट हुन नसकेको लोकसेवा आयोगकको कार्यालयले जनाएको छ ।

आयोगले गत भदौ ८ गते १८ उक्त पदका लागि लिखित परीक्षा लिएको थियो । आन्तरिक प्रतिस्पर्धाबाट हुने उक्त परीक्षाका लागि माग बमोजिम दरखास्त नै परेन । परीक्षा दिएका दुई जना पनि पास हुन सकेनन् । यसको नतिजा आयोगले सोमबार प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV