१५ कार्तिक २०७८, सोमबार

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनमाथि झुटो बोलेको आरोप लागेको छ ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो बोलेको आरोप लगाएका हुन्।

माक्रोँले मोरिसनले असत्य बोलेका थाहा बताएका छन् । बीबीसीका अनुसार अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलरबराबरको सम्झौता रद्द गरेर संयुक्त राज्य अमेरिका र यूकेसँग नयाँ रक्षा सम्झौता ुओकसु मा सहभागी भएपछि माक्रोँ क्रुद्ध भएका हुन्। तर आफूले बेइमानी नगरेको मोरिसनको दाबी छ।

विवाद सुरु भएपछि माक्रोँ र मोरिसनबीच पहिलो पटक जी २० शिखर सम्मेलनमा भेट भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV