१५ कार्तिक २०७८, सोमबार

काठमाडौँ । अघिल्लो सातादेखि आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरु आजबाट इजलासमा फर्किएका छन् ।

आज बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरुको मात्र संयुक्त र एकल गरी १० जना न्यायाधीशका लागि ६ वटा पेशी तोकिएको थियो । गत आइतबारबाट इजलास नै बहिस्कार गरेर आन्दोलनमा उत्रिएका न्यायाधीशहरुले आज एक सातापछि इजलासमा बस्ने निर्णय गरेका हुन् । तर उनीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने र न्यायालयमा देखिएको विकृति सुधार हुनुपर्ने लगायत माग राखेर न्यायाधीश एवं कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रन्या जबराले पनि दबाब बढेपछि सम्मानजनक बर्हिगर्मनको प्रस्ताव राखेका छन् । उनले आजका लागि आफ्नो कुनै पनि इजलास भने राखेका छैनन् ।

LIVE TV