१५ कार्तिक २०७८, सोमबार

काठमाडौं । प्रदेश- १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुहुने भएको छ । सोमबार प्रदेशसभा बैठक बस्दैछ । बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र आजै मतदान हुने कार्यसूची रहेको थियो । तर उहाँले प्रस्ताव पेस गर्नुअघि नै राजीनामा दिने तयारी भइरहेको हो ।

उहाँले राजीनामा दिनुअघि सरकारले गरेका कामका बारेमा जानकारी गराउने पनि बताइएको छ । सरकारको नेतृत्व गर्ने दल विभाजन भएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सो अनुसार नै उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर विश्वासको मत पाउने आधार नपाएपछि उहाँले राजीनामा दिने तयारी गर्नुभएको बताइएकाे छ ।

९२ सदस्य रहेको प्रदेश-१ सभामा सभामुखसहित एमालेका ४२ सांसद रहेका छन् । एमालेलाई बहुमत पुर्याउन ४७ सांसद चाहिन्छ ।

LIVE TV