१५ कार्तिक २०७८, सोमबार

काठमाडौं । जापानको सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीले एक्लै बहुमत प्राप्त गरेको छ । नवनियुक्त प्रधानमन्त्री फुमिओ किशिदाका लागि भएको निर्वाचनमा एकै पार्टीले बहुमत ल्याएको हो ।

यसअघि लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीकै सरकार थियो । उक्त पार्टीकै अर्का नेता किशिदा हालै सरकारको नेतृत्तमा आएका छन् ।

जापानको तल्लो सदनकाबाट उहाँलाई आवश्यक मत आएको छ । उनले बहुमतका लागि आवश्यक २३३ भन्दा बढी सिटमा जीत हासिल गरेको जापानी संचार माध्यमहरुले बताएका छन् ।

तल्लो सदनमा ४६५ सिट थिए । यो सँगै अर्थ कोमिइतो पार्टीसँगको गठबन्धन टुटेको छ । कोरोना महामारीयता जापानमा ३ प्रधानमन्त्री सरकारको नेतृत्वमा आएका छन् ।

कोरोना महामारी शुरु हुँदा ६४ वर्षका किशिदा यो प्रधानमन्त्रीका रुपमा थिए । तर उनले वर्षैदेखि सत्ता संचालन गर्दै आएका थिए । तर कोरोना भाइरस महामारी नियन्त्रणका गर्न नसकेपछि उनी आलोचित भएका थिए । त्यसपछि उनले पदबाट राजीनामा दिएका थिए ।

त्यसयता प्रधानमन्त्री रहेका योशिहिदे सुगाले गएको सेप्टेम्बरमा प्रधानमन्त्रीबाट राजीनामा दिएपछि किशिदा पार्टीको नेतामा चयन भएका थिए ।

नवनियुक्त प्रधानमन्त्री किशिदा लामाे समयदेखि प्रधानमन्त्रीको होडमा रहेका थिए । उनले सन् २०१२ देखि २०१७ सम्म जापानको विदेशमन्त्रीको रुपमा काम गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV