१५ कार्तिक २०७८, सोमबार
  • रामगाेपाल तमखु

भक्तपुर । भक्तपुर कमलविनायकमा रहेको रोम्वस सेन्डरी स्कूलमा विद्यार्थीहरुलाई म्हःपूजा गराई संस्कृतिको प्रयोगात्मक शिक्षा दिएका छन् । नजिकिँदै गरेको तिहारमा नेवाः समुदायले मात्र गरिने म्हःपूजा स्कुलका अध्ययनरत विभिन्न समुदायका विद्यार्थीहरुमाझ करिव २० जनालाई म्हःपुजा गरेर विद्यार्थीहरुलाई यसको विषयमा जानकारी दिएका छन् ।

नेवाः समुदायमा मात्र होईन यो सबै नेपालीले गर्नु पर्ने जानकारी स्कुलका प्रिन्सिपल राजेन्द्र कोजुले बताउनुभयो । उहाँका अनुसार नेपाल सम्वत नेवाः समुदायको मात्र नभई सबै नेपालीको सम्वत भएको बताउँनु भयो । नेपाल सम्वत र विभिन्न समुदायको संस्कृति नै नेपाल पहिचान भएको पनि उहाँले बताउनुभयो । त्यसैले नेवाः समुदयाको मात्र होईन बिभिन्न समुदायको संस्कृतिहरु भनेकै नेपालको पहिचान भएकाले सबै समुदायका चाँडपर्वहरुको विषयमा विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा दिँदै आएको कोजुले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई स्थानीय पठ्यक्रम अनुसार स्थानीय संस्कृतिहरुको जानकारी किन गरिन्छ र कसरी गरिन्छ, यस्को वैज्ञानिक धारणा के हो भन्ने सम्पूर्ण जानकारीहरु स्कुलाबाट दिँदै आएको प्रिन्सिपल कोजुले बताउनुभयो । उहाँले यस्तो शिक्षाले विद्यार्थीहरुमा हाम्रो संस्कृति र चाँडपर्वले नैतिक शिक्षा संगसंगै विभिन्न सीपमुलक शिक्षा पनि हासिल गर्न सक्ने बताउनुभयो ।

केही वर्षदेखि यस्तो शिक्षा दिँदै आएको रोम्बस स्कुलका विद्यार्थीलगायत अभिभावकहरु पनि धेरै खुशी भएको शिक्षकहरु बताउँछन् । विभिन्न समुदायका शिक्षक-शिक्षिका र विद्यार्थीहरु भएको यस स्कुलमा रमाइलोसँगै परम्परागत संस्कृतिको शिक्षासमेत हासिल गर्न पाउने हुनाले स्कुलमा नयाँ विद्यार्थीहरुको आवागमन बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV