१५ कार्तिक २०७८, सोमबार

काठमाडौं । राष्ट्रसंघको महासभा बैठकमा जब डायनासोर छिर्यो । बैठकमा उपस्थित विभिन्न राष्ट्रका प्रतिनिधिहरु अक्क न बक्क भए ।

राष्ट्रसंघको महासभा बैठकमा जलवायु परिवर्तनसम्बद्ध विश्वका जल्दाबल्दा विषयमा अन्तरक्रिया भइरहेको हुन्छ । सोही बेला कक्षभित्रै डायनासोर झ्यालबाट छिर्छ ।

डायनासोर सरासर मञ्चमा पुगेर माइक समात्दै आफ्नो भनाइ राख्छ । उसले आफ्नो लामो समयअघिको अनुभव उपस्थित सबैलाई सुनाउछ । उसले आफ्नो अन्त्यको इतिहास बताइदिन्छ ।

उसले ७ करोड वर्ष अघिको परिदृष्यहरुलाई छर्लङ्ग पारिदिनछ । र, जलवायु परिवर्तनको असर र जीवजन्तुको अन्त्यबारे सन्देश दिन्छ ।
करिब साढे २ मिनेटको यो भिडियोले संसार भरी चर्चित बनेको छ ।

राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले संयुक्त अधिराज्यको ग्लास्गोमा बिहीबार सुरू हुने विश्व जलवायु सम्मेलन (कोप–२६) को सन्दर्भमा जारी गरिएको थियो ।

(भिडियाे)

प्रतिक्रिया दिनुहोस्

LIVE TV